• मन्त्रालय र अन्तर्गतको कर्मचारी प्रशासन र सामान्य प्रशासन सम्बन्धी कार्य गर्ने।
  • मन्त्रालय र अन्तर्गतको जनशक्ति योजना र व्यवस्थापन सम्बन्धी कार्य गर्ने।
  • सञ्चार, सूचना, सूचना प्रविधि, दूरसञ्चार, हुलाक, मुद्रण, चलचित्र आदि सम्बन्धी वार्षिक योजना कार्यक्रम र वजेट सम्बन्धी कार्य गर्ने।
  • दूरसञ्चार, हुलाक, मुद्रण सम्बन्धी नीति र कानून तर्जुमा कार्यान्वयन सम्बन्धी कार्य गर्ने।
  • आवधिक योजना तर्जुमा, कार्यान्वयन, अनुगमन र मूल्याङ्कन सम्बन्धी कार्य गर्ने।
  • मन्त्रालयको कार्यक्षेत्र सम्बन्धी अन्तर्राष्ट्रिय संघ संस्था संग सम्बन्ध, सम्पर्क, समन्वय, सहायता सम्बन्धी कार्य गर्ने।
  • मन्त्रालय सम्बद्ध आयोग, प्राधिकरण, संस्थान, बोर्ड, समिति आदिको समन्वय, सहजीकरण, नियमन सम्बन्धी कार्य गर्ने।
  • मन्त्रालयको आर्थिक र प्रशासन सम्बन्धी कार्य गर्ने।
  • कर्मचारीहरूको कार्यविवरण सम्बन्धी कार्य गर्ने।
  • मन्त्रालय विषयसँग सम्बन्धित सेवा, समूह, उपसमूहको संचालन।

(क) प्रशासन तथा विकास सहायता शाखा

  • मन्त्रालय र अन्तर्गतका कर्मचारी प्रशासन र सामान्य प्रशासन सम्बन्धी कार्यहरू गर्ने।
  • मन्त्रालयका लागि आवश्यक सामानहरूको आपूर्ति गर्ने तथा जिन्सी व्यवस्थापन गर्ने।
  • मन्त्रालयका राजपत्र अनंकित र श्रेणीविहीन कर्मचारीहरूको काम सम्बन्धी आवश्यक व्यवस्था मिलाउने।
  • जनसम्पर्क, सोधपुछ, गुनासो व्यवस्थापन र दर्ता चलानीको व्यवस्था मिलाउने।
  • मन्त्रालयमा रहेका सरकारी सम्पत्तिको संरक्षण, मर्मत, संम्भार तथा उचित प्रयोगको व्यवस्था मिलाउने।
  • संवैधानिक आयोग, संसदीय समिति, सतर्कता केन्द्र आदिबाट प्राप्त उजुरीहरूको व्यवस्थापन गर्ने।
  • मन्त्रालय र अन्तर्गतका विभागहरूको जनशक्ति विकास तथा संगठनात्मक सुधार सम्बन्धी कार्य गर्ने।
  • सूचना तथा सञ्चार क्षेत्रका अन्तर्राष्ट्रिय संघसंस्थाहरूसँग फोकल प्वाइन्टको रूपमा सम्पर्क राखी काम गर्ने।
  • अन्तर्राष्ट्रिय, क्षेत्रीय तथा अन्य दातृसंस्थाबाट सहायता उपलब्धि सम्बन्धी काम मन्त्रालयका अन्य शाखासँग आवश्यक समन्वय गरी गर्ने।
  • अन्तर्राष्ट्रिय क्षेत्रीय वा अन्य विदेशी संघसंस्थासँग सम्बन्धित महाधिवेशन, सम्मेलन, गोष्ठी, सेमिनार आदिमा नेपालको सहभागीता सम्बन्धी तयारी कार्य गर्ने।
  • सञ्चार क्षेत्रमा विभिन्न किसिमका उपलब्ध सहयोग/सहायताको विवरण तयार गरी अद्यावधिक राख्ने,।
  • अन्य मुलुकका दूरसञ्चार, सूचना प्रविधि, हुलाक र प्रसारण सम्बन्धी प्रशासनबाट सोधिएका विषयहरूको जानकारी र माग हुने विवरणहरू उपलब्ध गराउने सम्बन्धी कार्य गर्ने।
  • मन्त्रालयसँग सम्बन्धी सेवा, समूह, उपसमूह संचालन सम्बन्धी कार्य गर्ने।
  • अन्य शाखामा नपरेको मन्त्रालय सम्बन्धी कार्य गर्ने।

(ख) संस्थान समन्वय शाखा

  • मन्त्रालय अन्तर्गतका सम्वद्ध विभाग, संस्थान तथा समितिहरूको समन्वय, सहजीकरण, अनुगमन, नियमन सम्बन्धी कार्य गर्ने।
  • मन्त्रालय र सम्बद्ध विभाग, संस्थान, बोर्ड, प्राधिकरण, समिति, कम्पनी आदि र सम्बद्ध सेवा प्रदायकहरूका लागि आवश्यक पर्ने विदेशी मुद्रा, आयात, भन्सार तथा बिक्रीकर छुट सम्बन्धी कार्य गर्ने।
  • मन्त्रालय सम्बद्ध निकायका अध्यक्ष, कार्यकारी प्रमुख, सदस्यहरूको मनोनयन, नियुक्ति, कार्यसम्पादन करार सम्बन्धी काम गर्ने।
  • मन्त्रालय सम्बद्ध संस्थान, बोर्ड, प्राधिकरण, समिति, कम्पनी आदिको फोकल शाखाको रुपमा कार्य गर्ने।

(ग) योजना अनुगमन तथा मूल्यांकन शाखा

  • सूचना तथा सञ्चारसम्बन्धी नीति, योजना तथा कार्यक्रम, बजेट तथा स्रोत परिचालन सम्बन्धि कार्यगर्ने।
  • विभिन्न योजनाहरूको प्रगति प्रतिवेदन तयार गर्ने।
  • योजनाको उपलब्धिबारे तयार पारिएको प्रतिवेदनलाई नियमितरूपमा समीक्षा तथा मूल्याङ्कन गर्ने, गराउने।
  • मन्त्रालय, विभाग र संस्थानबाट सञ्चालित आवधिक योजनाहरूका कार्यान्वयनको अनुगमन प्रतिवेदन गर्ने।
  • विभिन्न निकायबाट प्राप्त नीतिको मस्यौदा उपर राय/प्रतिक्रिया दिने।
  • सूचना तथा सञ्चार सम्बद्ध विषयको तथ्याङ्क सङ्कलन तथा अद्यावधिक गर्ने।
  • अनुगमन मूल्याङ्कनको वार्षिक कार्ययोजना स्वीकृत गराई कार्यक्रमहरूको कार्य गर्ने।

(घ) आर्थिक प्रशासन शाखा

  • साधारण र विकासतर्फको अनुमानित बजेट तयार गर्ने।
  • साधारण बजेटको बजेट खर्च गर्ने अख्तियारी पत्र र बजेट बाँडफाँड तयार गरी स्वीकृत गराई पठाउने।
  • विकास बजेटतर्फ कार्यक्रम स्वीकृत भएपछि बजेट बाँडफाँड गर्न सहयोग पुर्याइ स्वीकृत कार्यक्रम बजेट बाँडफाँड एवं स्रोत व्यवस्था खुलाई अख्तियारी पठाउने।
  • केन्द्रीयस्तरको अभिलेख राख्ने र आर्थिक विवरण तयार गर्ने।
  • बजेट निकासा, रकमान्तर, निकासा खर्च, लेखापरीक्षण गराउने र बेरुजुफर्छ्योटसम्बन्धी कार्य गर्ने।
  • राजस्व र धरौटीको अभिलेख राख्ने।
  • दातृराष्ट्र/दातृसंस्थासँग भएको सम्झौताको आधारमा प्राप्त हुनुपर्ने नगद र वस्तुगत सहायतासम्बन्धी कार्य गर्ने।