• सूचना तथा सञ्चार प्रविधि नीतिको कार्यान्वयनको लागि सम्बन्धित निकायहरुसँगको समन्वयमा आवश्यक कार्ययोजना तयार गर्ने र उक्त कार्ययोजनाको कार्यान्वयनको सम्बन्धित निकायहरुलाई सहजिकरण गर्ने र प्रगति अनुगमन गर्ने।
  • सूचना तथा सञ्चार प्रविधि नीतिको आवधिक रुपमा विश्लेषण गरी समयानुसार पुनरावलोकन गर्न सहयोग गर्ने।
  • संघीय, प्रादेशिक तथा स्थानिय सरकारलाई सूचना तथा सञ्चार प्रविधिको प्रयोग गरी सुशासन प्रदान गर्न तथा सामाजिक तथा आर्थिक गर्न आवश्यक कार्यक्रम बनाई कार्यान्वयन गर्न सहयोग पुर्याउने।
  • संघीय, प्रादेशिक तथा स्थानिय सरकारका सूचना प्रविधि प्रणालीहरुको मानकीकरण (Standardize) गरी अन्तरआवद्द (Interoperable) बनाउन आवश्यक मानक तथा निर्देशिका तयार गर्ने।
  • साइवर सुरक्षाको स्तर वृद्दि गर्न तथा साइवर अपराध नियन्त्रण गर्न उपयुक्त नीतिगत तथा कानूनी व्यवस्थाको लागी अध्ययन गरी सिफारीस गर्ने।
  • नेपालमा साइवर सुरक्षाको स्तर वृद्दि गर्न आवश्यक संरचना, पूर्वाधार तथा क्षमताको विकास गर्ने
  • नेपालमा साईवर सुरक्षाको क्षेत्रमा कार्यरय संघ सँस्थाहरुलाई समन्वय तथा अनुगमन गर्ने।
  • सूचना प्रविधिमा राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा भएका विकासमा पहुँच पुर्याई प्रविधि हस्तान्तरणलाई सहजीकरण गर्ने।
  • सूचना प्रविधि सम्बन्धमा अध्ययन अनुसन्धान केन्द्रको रुपमा कार्य गर्ने।

(क) सूचना प्रविधि कार्यान्वयन तथा समन्वयन शाखा

  • सूचना तथा सञ्चार प्रविधि नीतिमा उल्लेखीत सरोकारवाला निकायहरुको संलग्नतामा कार्यक्रमहरुको पहिचान गरी कार्ययोजना तयार गर्ने।
  • e-Government, e-Commerce, Trade and Industry Promotion, e-Payment, IT Industry Promotion, e-Agriculture, e-Tourism, e-Health जस्ता क्षेत्रमा नेपालमाई उपयुक्त प्रविधिको पहिचान गरी सो प्रविधि प्रयोगको क्षमता विकास गर्ने।
  • नेपाल सरकारका निकायहरुले कार्यान्वयन गर्नुपर्ने सूचना प्रविधि सम्बन्धी कार्यक्रमहरुको प्रगति विबरण संकलन गरी सम्बन्धीत निकायमा पेश गर्ने।
  • सूचना तथा सञ्चार प्रविधि नीतिको आवधिक रुपमा विश्लेषण गरी समयानुसार पुनरावलोकन गर्न सहयोग गर्ने।
  • संघीय, प्रादेशिक तथा स्थानिय सरकारलाई सूचना तथा सञ्चार प्रविधिको प्रयोग गरी सुशासन प्रदान गर्न तथा सामाजिक तथा आर्थिक गर्न आवश्यक कार्यक्रम बनाई कार्यान्वयन गर्न सहयोग पुर्याउने।
  • संघीय, प्रादेशिक तथा स्थानिय सरकारका सूचना प्रविधि प्रणालीहरुको मानकीकरण (Standardize) गरी अन्तरआवद्द (Interoperable) बनाउन आवश्यक मानक तथा निर्देशिका तयार गरी कार्यान्वयन गर्ने वा गर्न सहजीकरण गर्ने।

(ख) साइवर सुरक्षा शाखा

  • साइवर सुरक्षाको स्तर वृद्दि गर्न तथा साइवर अपराध नियन्त्रण गर्न उपयुक्त नीतिगत तथा कानूनी व्यवस्थाको लागी अध्ययन गरी सिफारीस गर्ने।
  • नेपालमा साइवर सुरक्षा तथा सूचना सुरक्षाको लागि आवश्यक मापदण्ड तयार गरी सो मापदण्ड कार्यान्वयन गर्ने।
  • नेपालमा साइवर सुरक्षाको स्तर वृद्दि गर्न आवश्यक संरचना तथा पुर्वाधारको विकास गर्ने।
  • साइवर सूरक्षाको स्तर वृद्दि गर्न तथा साइवर अपराध नियन्त्रण गर्न क्षमता विकास गर्ने।
  • नेपालमा साईवर सुरक्षाको क्षेत्रमा कार्यरय संघ सँस्थाहरुलाई समन्वयन तथा अनुगमन गर्ने।
  • मन्त्रालयको आन्तरिक सूचना प्रविधिको व्यवस्थापन गर्ने।