• ITU Radio Regulation मा आधारित Spectrum व्यवस्थापनका लागि आवश्यक प्रणाली, नीति, नियम सम्बन्धी राष्ट्रिय योजना तथा कार्यक्रम तर्जुमा, पूनरावलोकन, परिमार्जन एवं परिस्कृत गर्ने।
  • नेपालको Orbital Slot Allocation को उपयोग सम्बन्धमा ITU सँग आवश्यक समन्वय गरी Allocated Slot प्रयोगको निम्ति आवश्यक व्यवस्था गर्ने।
  • राष्ट्रिय फ्रिक्वेन्सी Allocation Table तयार गर्ने र तदनुरुप Assignment, Channeling, Reforming योजनाहरू तय गर्ने।
  • फ्रिक्वेन्सीको केन्द्रीय अभिलेख राख्ने।
  • रेडियो ऐन, नियमको अधीनमा रही विभिन्न रेडियो सञ्चारसेवाको लागि आवश्यक पर्ने रेडियो फ्रिक्वेन्सीको इजाजत सम्बन्धी नियमन गर्ने।
  • रेडियो फ्रिक्वेन्सी नीति निर्धारण समितिको सचिवालयको कार्य गर्ने।
  • रेडियो उपकरण तथा प्रणालीको प्राविधिक गुणस्तर, उपयुक्त प्रविधि, प्रणाली तथा परिष्कृत गर्ने।
  • अन्तर्राष्ट्रिय तथा क्षेत्रीय संस्थाहरू जस्तै ITU, ICAD, INTELSAT, APT, APSCC, ABU सँग समन्वय राखी रेडियो फ्रिक्वेन्सीहरूको प्रयोग सम्बन्धमा जानकारी गर्ने गराउने।
  • रेडियो फ्रिक्वेन्सीको प्रयोगको मनिटरिङको व्यवस्था गर्ने।
  • मनिटरिङ्ग स्टेसन, भ्यान लगायत पूर्वाधारको विस्तार गर्ने।
  • स्थलगत निरिक्षण तथा जाँच गराउने।
  • सबै प्रकारका उपलब्ध रेडियो सञ्चार एवं रेडियो प्रसारण प्रविधिहरूको अध्ययन विश्लेषण गरी सुहाउँदो प्रविधि उपयोग गर्ने व्यवस्था गर्ने।

(क) फ्रिक्वेन्सी व्यवस्थापन तथा प्रविधि विश्लेषण शाखा

  • समयानुकूल ITU Radio Regulation मा आधारित Spectrum व्यवस्थापनका लागि आवश्यक प्रणाली, नीति, नियम तथा प्रविधिसम्बन्धी राष्ट्रिय योजना तथा कार्यक्रम तर्जुमा, पुनरावलोकन, परिमार्जन एवं परिष्कृत गर्ने।
  • नेपालको Orbital Slot Allocation को उपयोगसम्बन्धमा ITU सँग आवश्यक समन्वय गरी Allocated Slot प्रयोगको निम्ति आवश्यक व्यवस्था गर्ने।
  • राष्ट्रिय फ्रिक्वेन्सी Allocation table तयार गर्ने र तदनुरूप Assignment र Channeling योजनाहरू तय गर्ने।
  • राष्ट्रिय फ्रिक्वेन्सी नीति निर्धारण समितिको बैठकमा पेस गर्नुपर्ने विषयहरूको पहिचान तथा अध्ययन गर्ने।
  • रेडियो सञ्चार उपकरणको आयात/निर्यात/निर्माण/उत्पादन सम्बन्धमा प्राविधिक मापदण्डको सिफारिस तथा तदनुरूप गर्न विद्यमान ऐन, नीति, नियम तथा आदेशहरूको पुनरावलोकन गरी आवश्यकतानुसार संशोधनका लागि सिफारिस गर्ने।
  • रेडियो उपकरण तथा प्रणालीको प्राविधिक गुणस्तर, उपयुक्त प्रविधि, प्रणाली तथा परिष्कृत गर्ने।
  • सञ्चार प्रविधिको समयानुकूल विश्वव्यापी विकासलाई अन्वेषण तथा विश्लेषण गरी मुलुकका लागि तुलनात्मकरूपले उपयोगी प्रविधि पहिचान गर्ने सिलसिलामा नेपाल दूरसञ्चार प्राधिकरणसँग समन्वय राखी काम गर्ने।
  • Type Approval Requirements को मस्यौदा तयार गर्ने, तथा निवेदन फारमहरूको विकास गर्ने।

(ख) रेडियो सञ्चार अनुगमन शाखा

  • रेडियो फ्रिक्वेन्सीको प्रयोगको मनिटरिङ तथा Assigned फ्रिक्वेन्सीहरूको प्रयोगमा बाधा भए/नभएको पहिचान गर्ने।
  • फ्रिक्वेन्सी प्रयोगको दैनिक Log book तथा रजिष्टर खडा गरी फ्रिक्वेन्सी प्रयोगमा र Interference र Disturbances भए/नभएको निश्चित गर्ने।
  • रेडियो मनिटरिङ स्टेसन तथा Mobile रेडियो मनिटरिङ प्रणालीको दैनिक सञ्चालन, संरक्षण, संबर्द्धन, परिमार्जन, परिष्कृत, स्याहार, सम्भार तथा मर्मत गर्ने।
  • इजाजत पत्रमा तोकेको स्तरअनुसार रेडियो फ्रिक्वेन्सी प्रयोग भए/नभएको जाँच गर्ने।
  • फ्रिक्वेन्सीको अनधिकृत प्रयोग भएको वा स्तरअनुसार प्रयोग गरे/नगरेको पत्ता लगाउने।
  • फ्रिक्वेन्सीको अधिकृत/अनधिकृत प्रयोगहरूको वार्षिक, मासिक, अर्धवार्षिक प्रतिवेदन राख्ने।
  • इजाजतपत्र जारी गर्नुपूर्व सञ्चार उपकरणहरूका प्राविधिक आधारसूचकहरू जाँच गर्ने।
  • Type Approval सञ्चार उपकरण तथा यन्त्र प्रणालीहरूको प्राविधिक Performance जाँच तथा प्रणालीहरूको अभिलेख राख्ने।
  • समयानुकूल मनिटरिङ प्रणालीमा सुधार र विकास गर्न योजना/कार्यक्रमहरू तर्जुमा गर्ने।
  • अन्तर्राष्ट्रिय रेडियो मनिटरिङ सम्बन्धमा समन्वय गर्ने।
  • स्थलगत निरीक्षण तथा जाँच गर्ने।
  • सञ्चार उपकरण, यन्त्र प्रणालीको मनिटरिङ, जाँच गर्न Latest प्रविधिको प्रयोग तथा चयन गर्ने।
  • अधीनस्थ कार्यहरूको प्रतिवेदन तयार गर्ने।
  • अधीनस्थ कार्यहरूको यकिन गरी वार्षिक, कार्यक्रमहरूको योजना तथा बजेटतर्जुमा गर्ने तथा स्वीकृत योजना, कार्यक्रम तथा बजेटअनुसार कार्य सम्पन्न, कार्यान्वयन, अभिलेख राख्ने।
  • तालिम सेमिनार, कार्यशाला, गोष्ठी आदिहरूका उपलब्धि, निर्णय कार्यक्रम तथा सिफारिसहरू कार्यान्वयन गर्ने।
  • अधीनस्थ कार्यहरू पुनरावलोकन, मूल्याङ्कन तथा परिमार्जन गर्ने।
  • रेडियो मनिटरिङ सम्बन्धमा ITU ले तोकेको प्राविधिकस्तर कायम गर्ने।